Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

अब राष्ट्रिय परिचय बनाउँदा सिन्दूर, टिका र सांस्कृतिक पहिरन लगाउन पाइने

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

 काठमाडौँ । 

अब राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने भएको छ। 

सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको बारेमा आलोचना भएपछि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिच्न सकिने जानकारी दिएको हो।


पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाउँदै सेवा प्रवाहलाई सरल, सहज तथा प्रभावकारी बनाउन ४ बुँदे निर्देशनसमेत जारी गरेको छ।


 यस्ता छन् निर्देशन

१. फोटो खिच्ने प्रक्रिया: राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता गर्दा सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ। फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन।


२.कागजातको दर्ता:राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रति सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउने।


३. नागरिकताको विवरण:व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।


४. अन्य जिल्लाका नागरिक: कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने।

  • Jigyasa media

थप