Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पेस्तोल र नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

  •   २ वर्ष अघि | १९ कार्तिक २०८१, सोमवार

सर्लाही — पेस्तोल र नक्कली नोटसहित भारत बिहारको सितामढी जिल्ला, मेजरगंज थाना अन्तर्गत बसविटा ग्रामपंचायत, रसुलपुर गाउँका दुई व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन्।

गोडैता नगरपालिका–१२ मा नेपाल प्रवेश गर्न लागेका बेला प्रहरीले उनीहरूको साथबाट एक नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ६ राउन्ड गोली, सानो पेस्तोलका लागि थप ४ राउन्ड गोली र एक हजार दरका २० थान नक्कली नोट फेला पारेको छ।

सर्लाही जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो। यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।


  • Jigyasa media

थप