Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

झापामा पेस्तोलसहित एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | २८ साउन २०८१, सोमवार

काठमाडौँ । झापा प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। 


सोमबार बिहान दमक नगरपालिका–५ बानेश्वर हाइटस्थित सडकबाट गजमेरलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार, उनको साथबाट ‘मेड इन इटाली’ लेखिएको एकथान पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको छ।


गजमेर को३८प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। प्रहरी चेकजाँचका क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा उक्त हतियार फेला परेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

  • Jigyasa media

थप