Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पनौती नगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

प्राकृतिक बिप्पतीले बजेट कटौती हुँदा आर्थिक व्यवस्थापनमा चुनौती

  •   २ वर्ष अघि | ११ पुस २०८१, बिहिबार

काभ्रे, पुस ११ ।

 पनौती नगरपालिकाको १६औं नगर सभा नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ। असोज १०–१२ गतेसम्मको अविरल वर्षाका कारण पनौतीमा बाढीपहिरोले गरेको ठूलो क्षति तथा आन्तरिक आयस्रोतको कमीका कारण चालु आर्थिक वर्ष २०८१/२०८२ को बजेटमा ४६ करोड कटौती गरिएको छ। जसमा अधिकांश वडाका उपभोक्ता लक्षित योजना र केही विषयगत शाखाका योजना कटौतीमा परेको हो ।

शुरुआतमा प्रस्तावित १ अर्ब ६० करोडको बजेट संशोधन भई १ अर्ब १४ करोड कायम गरिएको छ। यस बजेटले समावेश गरेका केही पुराना योजनाहरू हटाइए भने विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नयाँ योजनाहरू थपिएका छन्।

विपत्तिको असर: घर, संरचना, र जनधनको क्षति

असोज १०–१२ को अविरल वर्षाका कारण पनौतीमा व्यापक जनधनको क्षति भयो। बाढीपहिरोका कारण १ विदेशी नागरिक सहित १९ जनाको मृत्यु, १ जना बेपत्ता, ५८६ वटा घर पूर्ण रूपमा क्षति र ९४४ घर उच्च जोखिम का  रूपमा क्षतिग्रस्त भएको विवरण उपलब्ध गराएको छ । नगरमा पक्की सडक, सिँचाइ, खानेपानी, र विद्यालय संरचना देखि पुलजस्ता भौतिक संरचनामा समेत ठूलो नोक्सानी पुगेको छ। यस्तै कृषि तर्फ ३ हजार ४ सय ८७ घरधुरी प्रभावित बनेका छन् । जसमा धन, आलु, मकै, तरकारी, तोरी, फलफूल, अन्य बाली गरी ११ हजार ६३७ रोपनी १४ आना ५८१ हेक्टर को २३ करोड ६४ लाख ४४ हजार उल्लेख छ यी बाहेक तनेलखेती देखि पशु पन्छिको क्षति पनि उल्लेख गरिएको छ । 

नगरपालिकाले तत्कालीन क्षतिहरूलाई सम्बोधन गर्न नगरसभा बाट ११ करोड ७३ लाख ७५ हजार रुपैयाँको विपद् व्यवस्थापन कार्यक्रम समावेश गर्दै संशोधित बजेट पास गरेको छ।

बजेट कटौतीको कारण र चुनौती

गत आर्थिक वर्षबाट ३७ करोड मौज्दात हुने अनुमान गरिए पनि वास्तविक मौज्दात ७ करोड मात्र देखिएपछि बजेट घाटा ३० करोड पुगेको थियो। आन्तरिक स्रोत खुम्चिँदै गएपछि बजेट कटौतीको विकल्प नगरपालिकासँग रहेन। संघीय सरकार, प्रदेश सरकार, र राजस्व बाँडफाँडमा आएको कमीकै कारण पनौतीलाई आन्तरिक स्रोत परिचालनमा चुनौती थपिएको छ।

नगर प्रमुख भण्डारीका अनुसार, खानीहरूको संचालन अनुमति दिएर चालु वर्षमा १७ करोड राजस्व उठाउने लक्ष्य राखिएको छ। यो प्रयासले आन्तरिक आम्दानीमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ।

समसामयिक मुद्दामा नगर सभाको निर्णय समेत गरेको छ ।
सम्पत्ति करमा सुधार: वडा नम्बर र क्षेत्र निर्धारण गर्दै ५० देखि १०० प्रतिशतसम्म कर छुट दिने निर्णय गरेको छ । विपदमा परेको वडाहरू र क्षेत्र तोकेर छुट दिने निर्णय गरेको बताइन्छ ।
यस्तै खानेपानी व्यवस्थापन: धुलिखेल खानेपानी उपभोक्ता समितिको सहयोगमा पनौती नगरपालिका क्षेत्रभित्र खानेपानी व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकोप व्यवस्थापन कोष: प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको ३ करोड ११ लाख मध्ये १ करोड ८० लाख खर्च भएको प्रतिवेदन अनुमोदन गरेको छ ।

नगर सभाले विपत्ति र आर्थिक कठिनाइका बेला योजनाहरूलाई प्राथमिकता दिएर बजेट व्यवस्थापनमा काम गरेको छ। तर, केही जनप्रतिनिधिहरूले स्रोतको अभाव र संघीय सरकारको असहयोगका कारण दीर्घकालीन योजनाहरूमा कटौती गर्नुपरेको धारणा राखेका छन्।
पनौती नगरपालिकाको यो निर्णय प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रहरूलाई पुनर्निर्माणमा प्राथमिकता दिने लक्षित रहेको बताइन्छ। तर, बजेट कटौतीले पुराना योजनाहरूमा प्रभाव पार्ने सम्भावना रहेको हुँदा दीर्घकालीन रणनीति आवश्यक देखिन्छ। नगर उप प्रमुख गीता बन्जराले भने विपद् व्यवस्थापनका लागि ठोस योजना र आन्तरिक स्रोतहरूको परिचालनले पनौतीलाई आर्थिक स्थायित्वतर्फ डोर्याउन सक्ने बताएकी छिन् ।

  • Jigyasa media

थप