Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

महिला अपहरणपछि सामूहिक बलात्कार : दुई युवक पक्राउ, पाँच दिनको म्यादमा प्रहरी हिरासतमा

  •   १ वर्ष अघि | २१ साउन २०८२, बुधबार

वीरगञ्ज, साउन २१ ।

पर्साको वीरगञ्जमा एक महिलालाई अपहरण गरेर तीन दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको आरोपमा दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने २१ वर्षीय अफताब अन्सारी रहेका छन्। उनीहरू दुवैजना महमद मोटरसाइकल वर्कशपसँग आबद्ध रहेको प्रहरीले जनाएको छ।

घटनाको विवरण

वैशाख २० गते, एक महिला आफ्नो गोठबाट बाख्रा बाँधेर फर्कंदै गर्दा नेक महमद र अफताब अन्सारीले उनलाई बाटोमै घेरा हालेर रोक्दिए। त्यसपछि जबरजस्ती नजिकैको एक होटलमा पुर्‍याई, मुखमा कपडाको बुझो हालेर र आँखामा कालो पट्टी बाँधेर ती महिलालाई तीन दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको पीडितको उजुरीमा उल्लेख छ।

वैशाख २३ गते बिहान ८ बजेतिर, ती महिलालाई रगताम्मे अवस्थामा पर्सा जिल्लाको घडिअर्वा पोखरीस्थित गल्लीमा फ्यालेर आरोपितहरू फरार भएका थिए।

प्रहरी अनुसन्धान

घटनाबारे पीडित महिलाले बलात्कार, अपहरण, र शरीर बन्धक बनाएको उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो।

पक्राउ परेका दुवै व्यक्तिलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको र थप प्रमाण संकलन भइरहेको प्रहरीको भनाइ छ।

मानव अधिकारकर्मी र स्थानीय तहबाट निन्दा

घटनाप्रति स्थानीयबासी, अधिकारकर्मी र विभिन्न सामाजिक संघसंस्थाहरूले तीव्र आपत्ति र गम्भीर ध्यानाकर्षण गराएका छन्। पीडितलाई न्याय दिलाउन कडा कानुनी कारबाहीको माग गरिएको छ।

  • Jigyasanepal

थप