Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं, चैत २९ –शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविद्‍हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी क्षेत्रहरूमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार केही पहाडी भूभागमा र केही थोरै भू-भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। यसका साथै उच्च पहाडी र हिमाली भेगहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि देखिएको छ।

शुक्रबार रातिपख सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्यत्र आंशिक बदलीसँगै अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।

मौसमविद्हरूले सम्भावित वर्षा र चट्याङलाई ध्यानमा राख्दै सचेत रहन अनुरोध गरेका छन्। विशेषगरी यात्रामा निस्कने वा कृषि कार्यमा संलग्न व्यक्तिहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र योजना बनाउन सुझाइएको छ।

  • Jigyasa media

थप