Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सल्यानमा मिनी ट्रक दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

सल्यान – सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट धान र पराल बोकेर जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी सडकबाट करिब १५० मिटर तल खस्दा यो दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूमा १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारी, र १५ वर्षीया सिर्जना बस्नेत रहेका छन्। कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको बाटोमै मृत्यु भएको हो।

घाइते हुनेहरूमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, २२ वर्षीय हिक्मत थापा, र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारीलगायत रहेका छन्। सबै घाइतेलाई कपुरकोट गाउँपालिकाको अस्पतालमा प्राथमिक उपचार गराइएको छ, जसमा केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने दुर्घटनाको विस्तृत कारण अझै खुलिनसकेको बताए।


  • Jigyasa media

थप