Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सरकारी कार्यालय आजदेखि पुनः सञ्चालनमा

  •   २ वर्ष अघि | २९ असोज २०८१, मङ्लबार

काठमाडौं । बडादसैंको फूलपातीदेखि शुरू भएको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउने भएका छन्। सरकारले दसैं पर्वका लागि पाँच दिनको बिदा दिएपछि, आजबाट कार्यालयहरू खुल्दैछन्।


बिदा सकिएपछि सोमबारबाट काठमाडौं उपत्यकामा सवारी आवागमन पनि उल्लेखनीय रूपमा बढेको छ। दसैंको टीका लगाउन उपत्यका बाहिर गएका सर्वसाधारणहरू फर्किन थालेकाले सडकमा सवारीको चाप बढेको हो। बिदाको समयमा करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए।


दसैंको प्रमुख दिन विजयादशमीपछि टीका र जमरा लगाउने परम्परा आश्विन शुक्ल पूर्णिमासम्म चल्ने भएकाले उपत्यकामा फर्कनेहरूको संख्या क्रमशः बढ्ने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप