Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

श्रीमान - श्रीमती घरभित्र मृत भेटिएपछि ...

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

९ साउन २०८१, बुधबार हेटौंडा - हेटौंडा उपमहानगरपालिका-५ भैरवरोडस्थित चिसापानीमा श्रीमान श्रीमती आफ्नै घरभित्र मृत फेला परेका छन्। 


६२ वर्षीय केशव भण्डारी र ५६ वर्षीया अम्बिका भण्डारी बुधबार अपराह्न मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार, अम्बिका भण्डारीको घाँटीमा धारिलो हतियारको प्रहार भएको पाइएको छ।


घटनाको अनुसन्धानका लागि मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालको नेतृत्वमा टोली खटिएको छ। मृतक दम्पतीका एक छोरा, बुहारी र छोरी छन्। छोरा र बुहारी बाबुआमासँगै बस्दै आएको प्रहरी निरीक्षक शाहले बताए।


यस घटनाले स्थानीयमा ठूलो चासो र शोक उत्पन्न भएको छ। मकवानपुर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

  • Jigyasa media

थप