Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आज देशभरको मौसम: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

काठमाडौं । आज सोमबार सुदूरपश्चिम, कर्णाली र अन्य पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना छ। त्यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको छ।

रातिको पूर्वानुमान

राति कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्नेछ। गण्डकी, बागमती, र कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

पर्यटक तथा स्थानीयले हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने महाशाखाले सल्लाह दिएको छ। वर्षा र हिमपातले जनजीवन प्रभावित गर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।


  • Jigyasa media

थप