Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

काठमाडौं उपत्यकाको मौसम आज अलि सफा, हल्का हुस्सुको सम्भावना

  •   २ वर्ष अघि | १० पुस २०८१, बुधबार

काठमाडौं – पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसम केही बद्लिएको छ। हिमाली क्षेत्रमा आंशिक बदली भई कतिपय स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं उपत्यकामा मंगलबारको तुलनामा आज मौसम अलि सफा रहने अनुमान गरिएको छ। अहिले बिहानको तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने अनुमान छ।

तराईका धेरै स्थानमा आज बादल लाग्ने र हुस्सु पर्ने सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी बिहीबार बिहान तराई र उपत्यकाका केही क्षेत्रमा बाक्लो हुस्सुका कारण स्वास्थ्य, यातायात, र नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाशमा अहिले लागेको बादल मध्याह्नतिर हट्नेछ। तर, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली जारी रहनेछ।

नागरिकले जाडो र हुस्सुका कारण हुने स्वास्थ्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने विभागले सुझाव दिएको छ।


  • Jigyasa media

थप