Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

दैलेखमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो, एक जनाको शव फेला

  •   ३ महिना अघि | १८ असार २०८३, बिहिबार

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतारा क्षेत्रमा सडकबाट खसेर कर्णाली नदीमा पुगेको हो।

दुर्घटनापछि हालसम्म एक जनाको शव फेला परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।

उनका अनुसार फेला परेको शवको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटनामा गाडीमा सवार अन्य यात्रुको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य सुरु गरेको छ। गाडी कर्णाली नदीमा खसेकाले त्यसभित्र अन्य यात्रु पनि फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप