Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भारतमा गाडी दुर्घटना: कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको मृत्यु

  •   २ वर्ष अघि | १० फाल्गुन २०८१, शनिबार

राजविराज, फागुन १० – भारतको उत्तर प्रदेश, गोरखपुर लिंक रोडमा शुक्रबार राति भएको सडक दुर्घटनामा चार नेपाली तीर्थयात्रीको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।

प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किँदै गरेका तीर्थयात्री सवार स्कार्पियो गाडी विपरीत दिशाबाट गइरहेको ट्रयाक्टरको पछाडिको ट्रलीमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की ६४ वर्षीया लिलावती चौधरी, ६५ वर्षीय परशुराम चौधरी, वडा नम्बर ५ की ५५ वर्षीया हरिहरवती यादव र सुनसरीको कुशहा गाउँपालिका–१ की समतोलियादेवी यादवको ज्यान गएको छ।

घटनामा लिलावतीका पति उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ की लालु देवी यादव, वडा नम्बर ५ का जितु यादव, मुकेश यादव, उपेन्द्रका बहिनीज्वाइँ तथा चालकसहित छ जना घाइते भएका छन्। उनीहरूको उपचारका लागि गोरखपुरस्थित जिल्ला अस्पतालमा पठाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कञ्चनरुप नगरपालिका–७ का वडाध्यक्ष समानन्द चौधरीका अनुसार मृतकका परिवारका सदस्य शनिबार एम्बुलेन्स लिएर भारत गएका छन्। शव ल्याउन तीनवटा एम्बुलेन्स त्यसतर्फ पठाइएको छ।


  • Jigyasa media

थप