Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीन दिनको मौसम पूर्वानुमान : वर्षादेखि हिमपातसम्म

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

काठमाडौं – आगामी तीन दिनका लागि जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा मौसम परिवर्तनको सम्भावना रहेको जनाएको छ।

आज सोमबार:

देशभरि बिहान मौसम सामान्य रूपमा सफा रहनेछ। दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुन सक्नेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार:

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको केही पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ। राति कोसी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ।

बुधबार:

दिउँसो कोसी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने अन्य ठाउँमा मौसम सामान्यत: सफा रहनेछ। राति पनि कोसी प्रदेशमा आंशिक बदली रहनेछ।

विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको छ।


  • Jigyasanepal

थप