Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीनकुनेमा टिपर दुर्घटना: काभ्रेका एक जनाको मृत्यु, अर्का घाइते

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

काठमाडौं, चैत २ – काठमाडौंको तीनकुनेमा भएको सडक दुर्घटनामा काभ्रेका एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान करिब ४:३० बजे तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा काभ्रेको पनौती नगरपालिका–११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका–६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो, तर उपचारका क्रममा बिहान ५:३० बजे सुकराम तामाङको मृत्यु भएको छ।

अर्का घाइते रमेश तामाङको उपचार जारी रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर विमानस्थल कार्गो क्षेत्रभित्र फेला परेको छ भने चालक भने अझै फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप