Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तनाव चुलिँदै जाँदा वीरगञ्जमा कर्फ्यू लगाउने तयारी, ८ घाइते

  •   १ वर्ष अघि | ३० चैत्र २०८१, शनिबार

वीरगञ्ज, चैत ३० — पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा क्रममा उत्पन्न झडपपछि प्रशासनले शहरमा कर्फ्यू लगाउने तयारी थालेको छ।

शनिबार दिउँसो शोभायात्रामा सहभागी एक समूहमाथि वीरगञ्जको श्रीराम हल नजिक रहेको जामा मस्जिदतर्फबाट ढुंगा प्रहार भएपछि विवाद सुरु भएको थियो। स्थिति चर्किँदै गएपछि दुई पक्षबीच झडप भइ तनावको अवस्था उत्पन्न भएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ७ बजेदेखि कर्फ्यू लागू गर्ने तयारी भइरहेको जानकारी दिए। "यहाँको अवस्था अहिले अत्यन्तै संवेदनशील छ। सुरक्षालाई मध्यनजर गर्दै साँझ ७ बजेदेखि कर्फ्यू लगाउने तयारीमा छौं," उनले नेपालखबरसँग भने।

झडपको क्रममा केही व्यक्तिहरूले मोटरसाइकल र पसलबाहिर राखिएको फ्रिजमा आगजनीसमेत गरेका थिए। घटनास्थल नियन्त्रणमा लिन सुरक्षाकर्मीले पाँच सेल अश्रुग्यास प्रहार गरेका थिए भने पानीको फोहरासमेत प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार झडपमा परी ८ जना घाइते भएका छन्। तीमध्ये तीन जनालाई नारायणी क्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

हाल स्थानिय प्रशासन र सुरक्षाकर्मीहरू संयुक्त रूपमा शान्ति सुरक्षाको अवस्था सामान्य पार्न सक्रिय छन्।

  • Jigyasa media

थप