Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

भारत–पाकिस्तान तनाव चुलिँदा नेपाल–भारत सीमामा कडाइ, सुरक्षामा उच्च सतर्कता

  •   १ वर्ष अघि | १८ बैशाख २०८२, बिहिबार

जिज्ञाशा नेपाल, वैशाख १८ –

भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलापछि भारत–पाकिस्तानबीच बढ्दो तनावको असर नेपाल–भारत सीमामा समेत देखिन थालेको छ। खुला सीमा भएका कारण घुसपैठको जोखिम बढेपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता तीव्र पारिएको छ।

चार सय ६४ किलोमिटर लामो सीमा कडाइमा

सप्तरीको गोबरगाढादेखि पर्साको ठोरीसम्म फैलिएको मधेश प्रदेशको ४६४ किलोमिटर लामो सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। यही सीमालाई विशेष चासो दिएर प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त सुरक्षा निगरानी बढाएका छन्।

पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जिल्लाका नाकामा खटिएका सुरक्षाकर्मीलाई शंकास्पद व्यक्तिको परिचयपत्र अनिवार्य जाँच गर्न निर्देशन दिइएको छ। “सीमानाका थप संवेदनशील बनेका छन्,” उनले भने, “शंका लागेका जोकोहीलाई प्रमाण बिना प्रवेश नदिने नीति लागू गरिएको छ।”

राजनीतिक भेटघाटपछि थप चनाखो सुरक्षा

यसैबीच, भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवाले नेपाल भ्रमण गर्दै गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका थिए। भेटपछिको परिस्थितिमा सुरक्षामा गरिएको तीव्रता राजनीतिक सन्देश र सावधानी दुवैका रूपमा व्याख्या गरिएको छ।

सशस्त्र प्रहरीको गस्ती, सूचना संकलनमा चासो

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले पनि उच्च तहबाट प्राप्त निर्देशनअनुसार सीमामा सशस्त्र प्रहरीको गस्ती, निगरानी र खुफिया सूचना संकलनमा जोड दिइएको बताए। “हामी सुरक्षामा कुनै सम्झौता गर्न सक्दैनौं,” उनले भने, “सीमा सुरक्षित राख्न सबै तह सक्रिय छन्।”

  • Jigyasanepal

थप