Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पहाडी क्षेत्रमा मौसम परिवर्तनशील रहने, अन्य ठाउँमा के छ ?

  •   १ वर्ष अघि | ३१ बैशाख २०८२, बुधबार

जेष्ठ १, २०८२ | बुधबार, काठमाडौं ।

देशभर हाल पश्चिमी वायु र स्थानीय वायु को सक्रिय प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण आज गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम परिवर्तनशील रहने अनुमान गरिएको छ।

बिहानैदेखि गण्डकी प्रदेशका केही स्थानहरूमा र कोशी तथा बागमती प्रदेशको पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोसम्म देशका विभिन्न स्थानमा अझै यस्तो अवस्था देखिने भएकाले सतर्कता अपनाउन मौसमविद्‌हरूले आग्रह गरेका छन्।

महाशाखाका अनुसार—

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा,

अन्य पहाडी भूभागका एक–दुई स्थानमा

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै,उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागमा हावाहुरी चल्ने सम्भावना पनि महाशाखाले जनाएको छ। यसकारण, खुला ठाउँमा रहँदा सतर्क रहनुहोस्, यात्रा वा खेतीपातीमा मौसमको अवस्था हेरेर निर्णय लिनुहोस्।

  • Jigyasanepal

थप