Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

धुलिखेल अस्पतालका डाक्टरले बिरामीको रेबिज भ्याक्सिन होल्ड गरिदिंदा ४५ दिनपछि घिमिरेको निधन

यो आर्थिक वर्षमा २ जनाको निधन

  •   १० महिना अघि | १२ असार २०८२, बिहिबार

शुकदेव थपलिया काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ घर भएका जीवनाथ घिमिरेको कुकुरको टोकाइ बाट ४५ दिन पछि निधन भएको छ । ७४ वर्षीय घिमिरे लाई २०८२ वैशाख २४ गते घर नजिकै एक सामुदायिक कुकुरले दायाँ हात र गालामा थोरै घाउ देखिने गरी कुकुरले टोकेको थियो । कुकुरले टोकेको आधा घण्टामा उनलाई छोरा कुमार घिमिरेले नगर अस्पतालमा लगेका थिए तर नगर अस्पतालमा कुकुरले टोकेको भ्याक्सिन आभाव भएको भन्दै त्यहाँको डाक्टरले धुलिखेल वा टेकु लान सुझाव दिएका थिए । तर परिवारले घर नजिकको सामुदायिक अस्पताल भन्दै धुलिखेल अस्पतालमा तत्कालै पुर्याए अस्पतालमा पुगेपछि उपचारमा संलग्न डा सजन श्रेष्ठले डाक्टरले भ्याक्सिन लगाउन सुझाव दिनुको सट्टा बिरामी बा ले आफूलाई केही नभएको भने पछि डाक्टरले भ्याक्सिन लगाउन होल्ड गरिदिए । डाक्टरले पनि कुकुरको पन्जाले मात्रै हानेको भ्याक्सिन नलगाउँदा पनि हुन्छ भन्दै टिटि खोप लगाउँदै घाउ ड्रेसिङ गरेर बिरामी घिमिरे लाई छोराको साथ घर पठाइदिए । 


 त्यस लगत्तै पनि वैशाख २६ गते बिरामी सोही अस्पताल पुगेका थिए तर डाक्टरले बिरामीलाई भ्याक्सिन लगाउन सुझाएन्न उल्टो टाउकोको सिटी स्क्यान देखि एमआरआई अल्ट्रा साउण्ड देखि अन्य उपचार गर्न तिर लागे । यो शृंखला असारको ५ गते सम्म निरन्तर चल्यो अचानक असार ५ गते बिरामीको लक्षण फरक देखिन आउँछ , बान्ता गर्ने, टाउको अत्यधिक दुख्ने चिसो हावा देखि डराउने, पानी देखि डराउने भए पछि परिवारले बिरामीलाई पुनः सोही धुलिखेल अस्पतालमा ल्याउँछन् तर त्यसबेला निकै ढिला भइसकेको थियो । बिरामीलाई डर हुने, हाइड्रोफोबिया देखि अन्य थुप्रै लक्षण देखि सकेको थियो जुन रेबिज रोगको प्रत्यक्ष्य लक्षण संग सिधा मेल खाने थियो । त्यो बीच बिरामीलाई झाक्रीकोमा समेत लागिएको थियो तर नीको भएन पुनः अस्पताल लगियो। त्यस बीच अस्पातलमा उपचाररत घिमिरे लाई उनको अस्वाभाविक व्यवहारलाई डाक्टरहरुले उल्टो बानेर नियन्त्रण गर्नुपर्ने र उपचार गर्नुपर्ने भने तर परिवार सहमत भएनन । उनीहरूले आफैले सम्हाल्दै लक्षण अनुसार उपचार गरे । त्यस लगत्तै ५ गते धुलिखेल अस्पताल बाट डिस्चार्ज भएका घिमिरेलाई असार ६ गते बाट पुनः गार्हो हुन्छ । छोराले शुक्रराज ट्रपिकल लान्छन् अन्तत: घिमिरेको ४५ दिन पछि असार ९ गते त्यही निधन हुन्छ । 


उनको निधन पछि बनेपा स्वास्थ्य शाखा र पशु स्वास्थ्य शाखाको संयुक्त टोली अनुगमनमा पुग्यो र बिरामीको लसपसमा संलग्न देखि झारफुक गर्ने झाक्री सहित २४ जनालाई रेबिज विरुद्वको भ्याक्सिन लगाउन सुझाव दिए सँगै उनीहरूले अहिले रेबिज विरुद्धको भ्याक्सिन पहिलो डोज लगाएका छन् । 

काभ्रे जिल्लाको जन स्वास्थ्य कार्यालयको अनुसार काभ्रे जिल्लामा भ्याक्सिन लगाउन मानिसहरूको संख्या बढ्दो छ । तथ्याङ्क अनुसार ०७७ मा १ हजार ७ सय ९१ जनाले भ्याक्सिन लगाए भने ०७८ मा १ हजार ७ सय ८१ थिए ०७९ मा २ हजार ७ सय ८ जना ०८० मा ३ हजार २ सय ५१ थिए भने ०८१ मा ३ हजार २ सय २ जनाले कुकुरले टोके लगत्तै भ्याक्सिनेशन सुविधा लिए भने ०८२ को असारको पहिलो हप्ता सम्म को तथ्याङ्कमा ३ हजार ३ सय ७५ जनाले भ्याक्सिन लगाएका छन् । यो तथ्याङ्कले कुकुरले टोकेपछि भ्याक्सिन लगाउन संख्या मा बढोत्तरी भएको देखाए पनि सहज उपलब्ध नहुँदा यस बाट संक्रमित भै मृत्युवरण नैं गर्नु पर्ने घटनामा भने कमी भएको छैन । जिल्ला जन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले जिल्लामा यो आर्थिक वर्षमा मात्रै २ जनाको रेबिज रोगको कारण निधन भएको जिल्लामा रेबिज विरुद्धको भ्याक्सिन निरन्तर उपलब्ध नभएको कारण जोखिम रहेको बताइन् । केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन पटक पटक माग गर्दा पनि पर्याप्त मात्रामा नआएको उनले बताइन् । 

उक्त घटना पछि कुकुरलाई निगरानीमा राखिएको भन्दै बनेपा नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख सहायक पशु विकास अधिकृत रामसुन्दर सापकोटाले बनेपा नगरपालिका भित्र झण्डै २ हजार को हाराहारीमा सामुदायिक कुकुरहरूको तथ्यांक रहेको र ती सबैमा भ्याक्सिन गर्न शाखा र एनिमल वेलफेयर संग साझेदारीमा कुकुर मा खोप अभियान सञ्चालन गर्न चार लाख बराबरको रकम छुट्याएको र २०० भन्दा बढी पोथी कुकुरहरू को बन्ध्याकरण गरिएको जानकारी दिए । उनले बनेपाको सबै वडा वडामा रेविजको रोगबारे सचेतनात्मक कार्यक्रम समेत गरिएको र अबको दिनमा समेत यसको दायरा बढाउने बताएका छन् । नेपालले आगामी सन् २०३० भित्र रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको भए पनि यसरी संक्रमित भै मृत्यु हुने संख्यामा भने कमी नहुँदा लक्ष्य हासिल गर्न नसकिने बताइन्छ ।

यस विषयमा धुलिखेल अस्पतालका डा.सोनु श्रेष्ठले उपचारमा संलग्न डा केही दिन बाहिर रहनु भएकोले वहाँ आउनु भए पछि पीडित बिरामीको रेबिज विरुद्धको भ्याक्सिन किन होल्ड गर्नु पर्ने कारण हो भन्ने बारे बुझिने भन्दै केही दिन पछि मात्रै आधिकारिक धारणा राख्ने बताउनुभयो ।

  • Jigyasanepal

थप