Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

एम्नेष्टी इन्टरनेशनल समूह ७२ पनौतीको २९औं साधारण सभा सम्पन्न

  •   १ वर्ष अघि | २१ असार २०८२, शनिबार

असार २१, २०८२ | पनौती, जिज्ञासा नेपाल

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७२ ले आफ्नो २९औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। सो सभा समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछे को सभापतित्वमा आयोजित भएको हो। यस अवसरमा केन्द्रीय सदस्य एलिशा महत प्रमुख अतिथिको रूपमा उपस्थित रहे।

कार्यक्रममा पनाैति वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्रकार, पनाैति उद्योग वाणिज्य संघका अध्यक्ष भोलाथापा, समूह ५५ का संयोजक गिता दाहाल, मानव अधिकार संगठनका केन्द्रीय सदस्य मोहन कुमार बस्नेत, विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सदस्य राजु बस्नेत लगायतका विशिष्ट अतिथिहरूले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा पुण्य मा.बिका शिक्षक बालकृष्ण प्रजापति, कुशादेवी उच्च म.बिका प्र.अ माधब दाहाल र मानव अधिकार संगठन पनौतीका संयोजक सूर्य प्रसाद लाकोजु जस्ता महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति भीड-भाडका बीच सुनिश्चित गरिएको थियो।


समूह ७२ का सह-संयोजक सुदर्शन सुवेदी ले स्वागत मन्तव्य प्रस्तुत गर्दै, सचिव हरिचन्द्र श्रेष्ठ ले कार्यक्रम संचालन गरेका थिए। त्यस्तै, सह-सचिव शान्तोष हुमागाई, सदस्यहरु अधिवक्ता तारा श्रेष्ठ, प्रताप ताम्रकार, विष्णु खिमबन्जार, र उर्मिला श्रेष्ठ ले अतिथिहरू र उपस्थित सदस्यहरूको स्वागत र व्यवस्थापन गरेका थिए।

कोषाध्यक्ष राम कुमार बस्नेत ले समूहको वित्तीय अवस्थाबारे जानकारी दिँदै, आम्दानी रु. १,३८,४७८ र खर्च रु. १६,२२० को विवरण प्रस्तुत गरे। यसका साथै, सर्बसम्मत पास भएको उक्त बजेटले समूह ७२ को स्थिरता र अघि बढ्ने मार्गमा थप बल दिएको विश्वास व्यक्त गरियो।

सभा समापनमा समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछे ले बार्षिक गतिविधिहरू प्रस्तुत गर्दै सबै उपस्थितलाई धन्यवाद दिइन्।

यसैबीच, गत हप्ता एम्नेष्टी समूह ७२ ले संचालन गरेको मानव अधिकार शिक्षा कार्यक्रम मा सहभागी भएका विद्यालयका छात्र-छात्रा र विद्यालयहरू लाई सम्मान र कदर पत्र प्रदान गरिएको थियो। सम्मान प्राप्त छात्र-छात्रा मध्ये पुण्य मा.बिका का शरोज सापकोटा लाई उत्कृष्ट छात्र र कुशादेवी मा.बिका की आयुषा तामाङ लाई उत्कृष्ट छात्रा सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा अतिथि समूह ७२ का निबर्तमान संयाेजक राजेश कुमार श्रेष्ठ,संस्थापक संयाेज बिजय कर्माचार्य लगायतको उपस्थिति थियो ।

समूहका कोषाध्यक्ष राम कुमार बस्नेत ले यो समाचार सार्वजनिक गर्दै कार्यक्रमको महत्त्व र सफलताको बधाई दिएका थिए।

समारोहको मुख्य हाइलाइट्स:

सामाजिक कार्यमा संलग्नता र प्रतिवद्धता

मानव अधिकारको आवश्यकतामा गहिरो छलफल

समूह ७२ को वित्तीय स्वच्छता र भविष्यका योजनाहरू

शिक्षा क्षेत्रमा योगदान र छात्र-छात्राहरूको सम्मान

समूह ७२ का आगामी योजनामा मानव अधिकारको संरक्षण र समानता र न्यायको लागि आवाज उठाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरिने जनाइएको छ।

  • H

थप