Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

अफगानिस्तानमा भूकम्प : कम्तीमा २० को मृत्यु, सयभन्दा बढी घाइते

  •   १ वर्ष अघि | १६ भदौ २०८२, सोमवार

भदौ १६, काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको शक्तिशाली भूकम्पले कम्तीमा २० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार राति ११:४७ बजे पाकिस्तानसँगको सीमावर्ती नजिक ६ रेक्टर स्केलको भूकम्प गएको हो। नान्गारहार र कुनार प्रान्तमा सबैभन्दा बढी क्षति भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

बीबीसीले उद्धृत गरेका अधिकारीहरूका अनुसार दुर्गम ग्रामीण बस्तीमा ठूलो संख्यामा मानिस घाइते भएका छन्। पहिरो र बाढीका कारण उद्धार कार्यमा कठिनाइ भईरहेको छ। कतिपय ठाउँमा सडक सम्पर्क विच्छेद हुनुका साथै मोबाइल नेटवर्कसमेत काम नगरेको जनाइएको छ।

तालिबान प्रशासनले मानवीय संस्थाहरूलाई उद्धार र राहतमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ। उद्धार टोलीसँगै घाइतेहरूको उपचारका लागि कुनार प्रान्तमा हेलिकप्टरमार्फत चिकित्सा कर्मचारी पठाइएको छ।

 स्थानीय अधिकारीहरूले मृतक संख्या ‘भयानक’ रहेको बताउँदै, पीडितहरूलाई तत्काल उद्धार र उपचारमा जुट्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको बताएका छन्।


  • Jigyasanepal

थप