Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

२५६९औँ बुद्ध जयन्ती : करुणा, सहिष्णुता र विवेकको उज्यालोमा एक पाइला अघि

  •   १ वर्ष अघि | २९ बैशाख २०८२, सोमवार

काठमाण्डौ । आज २५६९औँ बुद्ध जयन्ती। शाक्यमुनि गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यस दिनले आज फेरि पनि मानवता, समानता र शान्तिको गहिरो सन्देश बोकेको छ। लुम्बिनीको पवित्र भूमिमा जन्मेका बुद्ध आज केवल एक धर्मगुरु मात्र होइनन्, विश्व चिन्तनका शिखर पुरुषका रूपमा विश्वभर सम्मानित छन्।

नेपालजस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुकमा बुद्धले सिकाएका सत्य, अहिंसा र मध्यम मार्गका शिक्षाहरू अझ सान्दर्भिक र जरुरी बन्न पुगेका छन्। सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको आधार निर्माण गर्दै, बुद्धले दिएको विचार आजको विश्वका लागि गहिरो मार्गदर्शक बनेको छ।

चुनौती र अन्योलले भरिएको वर्तमान समयले विज्ञानसँगै विवेक र मूल्यमा आधारित नेतृत्वको खोजी गरिरहेको छ। यस्तोमा करुणा र चेतनाको बाटो देखाउने बुद्धका वाणीहरूले हामीलाई संवेदनशील र उत्तरदायी बनाउने सामर्थ्य राख्छन्।

शान्तिका अग्रदूत बुद्धको शिक्षाले हामी सबैमा मानवता, समानता र न्यायप्रतिको अडिग प्रतिबद्धता अझ सुदृढ होस् भन्ने कामनासहित, ACT Pro Nepal सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शान्तिपूर्ण बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछ।

शान्ति, सहिष्णुता र विवेकको उज्यालोमा पाइला मिलाऔँ — बुद्धको बाटो यही हो।

  • Jigyasanepal

थप