Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

घाँस काट्न गएका दुई महिला सँगै लडेर मृत्यु..!

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, सोमवार

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–३, सोलुङस्थित कटोर्के सामुदायिक वनमा सोमबार बिहान घाँस काट्ने क्रममा चिप्लिएर लडेका दुई महिलाले ज्यान गुमाएकी छन्। बिहान ७ बजे घरबाट घाँस काट्न गएकी ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको शव घटनास्थलभन्दा करिब १०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

मृतक श्रीमाया राना सोही वडाकी स्थानीय हुन् भने खिमसरा मगर देवघाट गाउँपालिका–२ की हुन्। दुवैजना बिहान घरबाट निस्किए पनि बेलुका नफर्किएपछि परिवारले खोजतलास थालेको थियो। त्यसक्रममा उनीहरू घाँस काट्ने ठाउँबाट तल खसेको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार प्रारम्भिक अनुमानमा चिप्लिएर लडेको कारण मृत्यु भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दैनिकीका सामान्य काममा पनि जोखिमको घण्टी

घाँस काट्न जाँदा हुने यसप्रकारका दुर्घटनाहरू गाउँघरमा सामान्य जस्तै देखिए पनि यसले किसान, महिलाहरूको जीवनमा सधैं जोखिम ओढाइरहेको यथार्थ देखाउँछ। घर–परिवार र चौपायाका लागि दैनिक जंगल धाउने महिलाहरूको सुरक्षाको विषयमा राज्यको ध्यान पुग्न अझै बाँकी छ।

— जिज्ञासा नेपाल

  • Jigyasanepal

थप