Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बनेपामा नविल बैंकको एटीएम मेसिन फोड्ने प्रयासमा संलग्न एक युवक पक्राउ

  •   १ वर्ष अघि | ८ जेष्ठ २०८२, बिहिबार

बनेपा, जेठ ८ – काभ्रेपलाञ्चोकको बनेपामा अवस्थित नविल बैंकको एटीएम मेसिन फोड्ने प्रयासमा संलग्न एक युवक पक्राउ परेका छन्। एटीएम चोरीको योजना बुनेर मध्यरातमा सक्रिय भएको व्यक्तिलाई प्रहरीको सतर्कताले तत्काल नियन्त्रणमा लिएको हो।

बुधबार राति करिब ११:४५ बजे बनेपा नगरपालिका–७ स्थित नविल बैंकको एटीएममा अज्ञात व्यक्तिले मेसिन फोड्न खोजेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोली घटनास्थलमा पुगेर सिन्धुलीको घाङलेख गाउँपालिका–८ निवासी ३० वर्षीय बुद्धिलाल तामाङलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका तामाङको साथबाट प्रहरीले मेसिन फोड्न प्रयोग गरिएको रड र हथौडा समेत बरामद गरेको छ। घटनापछि उनलाई बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको तिव्र प्रतिक्रिया र सतर्कताले संभावित ठूलाे आर्थिक क्षति टर्न सफल भएको यो घटना बैंक सुरक्षा प्रणालीप्रति चनाखो हुनुपर्ने संकेत पनि हो। प्रहरीले घटनासँग सम्बन्धित अरु व्यक्ति वा गिरोहबारे समेत अनुसन्धान अघि बढाएको  बताएको छ ।

  • Jigyasanepal

थप