Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आकाश गडगडाउने छ, चट्याङसहित पानी पर्नेछ: आइतबार मौसम अझै खराब हुने पूर्वानुमान

  •   १ वर्ष अघि | २० बैशाख २०८२, शनिबार

काठमाडौं, वैशाख २० – देशभर मौसमी उतारचढाव जारी छ। शनिबार राति देशका पहाडी र केही हिमाली क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार साँझ ६ बजे जारी गरिएको बुलेटिनअनुसार, पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय बन्दै गएकाले मौसममा व्यापक परिवर्तन आउने देखिएको हो।

आज राति के कस्ता प्रभाव देखिन्छ?

– पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा

– अन्य भूभागमा एक-दुई स्थानमा हल्का वर्षा

– हिमाली क्षेत्रमा एक-दुई स्थानमा हिमपात वा हल्का वर्षा

आइतबार झन् सतर्क रहन मौसमविद्को सुझाव

आइतबार दिउँसोदेखि मौसमको प्रभाव झन् व्यापक हुने अनुमान गरिएको छ।

– कोसी प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा

– हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात वा वर्षा

कति पानी परे कस्तो भनेर चिनिन्छ?

– १० मिमि भन्दा कम: हल्का वर्षा

– १०–५० मिमि: मध्यम वर्षा

– ५०–१०० मिमि: भारी वर्षा

– १००–२०० मिमि: धेरै भारी वर्षा

– २०० मिमि भन्दा बढी: अति भारी वर्षा

मौसमविद्‌हरूका अनुसार “थोरै स्थान” भन्नाले २५–३० प्रतिशत भूभाग, “केही स्थान” भन्नाले ५० प्रतिशतभन्दा बढी भूभाग, र “एक-दुई स्थान” भन्नाले २५ प्रतिशतभन्दा कम भूभागमा वर्षा भएको जनाइन्छ।

सावधानी अपनाउन आग्रह

चट्याङ, हावाहुरी र सम्भावित बाढीको जोखिमका कारण सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।

  • Jigyasanepal

थप