Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सडक दुर्घटना : ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

  •   ४ महिना अघि | २१ जेष्ठ २०८३, बिहिबार

पर्वत, जेठ २१ — पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित खुर्कोट अर्मादी घुम्तीमा बुधबार साँझ भएको दर्दनाक सडक दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग.१ क २९२९ नम्बरको ट्रक ले विपरीत दिशाबाट आउँदै गरेको ध.२ प ३८०५ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हिरा गर्बुजा र पछाडि सवार सुजन भण्डारी गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।

प्रहरीले मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाएको छ।

दुर्घटनापछि ट्रक चालक मनोज थापा लाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

पर्वतीय सडकमा बढ्दो सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाका घटना दोहोरिन थालेका बेला पर्वतको यो दुर्घटनाले फेरि सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

  • Jigyasanepal

थप