काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (बिहीबार) राति पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण पहाडी तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाको मापन कसरी गरिन्छ?
१० मिमि भन्दा कम : हल्का वर्षा
१०–५० मिमि : मध्यम वर्षा
५०–१०० मिमि : भारी वर्षा
१००–२०० मिमि : धेरै भारी वर्षा
२०० मिमि भन्दा बढी : अति भारी वर्षा
‘एक–दुई’, ‘थोरै’ र ‘धेरै’ स्थान भन्नाले के बुझिन्छ?
एक–दुई स्थान : १०% भन्दा कम क्षेत्रमा वर्षा
थोरै स्थान : १०–३०% क्षेत्रमा वर्षा
केही स्थान : ३०–५०% क्षेत्रमा वर्षा
धेरै स्थान : ५०–८०% क्षेत्रमा वर्षा
अधिकांश स्थान : ८०% भन्दा बढी क्षेत्रमा वर्षा
मौसमविद्हरूले आवश्यक सावधानी अपनाउन तथा यात्रा र दैनिक गतिविधि योजना बनाउँदा मौसमको अद्यावधिक जानकारी हेर्न आग्रह गरेका छन्।
-
Jigyasanepal