Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

  •   ३ हप्ता अघि | ३० भदौ २०८३, मङ्लबार

काठमाडौं । देशभर आज मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, देशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

तीन प्रदेशका पहाडमा भारी वर्षाको जोखिम

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

राति पनि देशभर सामान्यतया बदलीको अवस्था कायम रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुनसक्नेछ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

वर्षा, हिमपात, मेघगर्जन र चट्याङको सम्भावना भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप