Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी

  •   ४ महिना अघि | १६ जेष्ठ २०८३, शनिबार

काभ्रे, जेठ १६ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–१ निवासी २९ वर्षीया गर्भवती महिला बिना स्याङतानको धुलिखेल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको छ। ४१ हप्ताको गर्भ बोकेकी स्याङतानलाई पेट दुख्ने समस्या भएपछि बिहीबार साँझ उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो।
अस्पताल स्रोतका अनुसार गर्भमा रहेको शिशुले पेटभित्रै दिसा गरेकाले अवस्था जटिल बनेपछि राति ११:१० बजे शल्यक्रिया (अप्रेसन) गरिएको थियो। शल्यक्रियापछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिए पनि शुक्रबार बिहान ११:३३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि मृतकका आफन्त तथा स्थानीय गरी करिब ५०–६० जना अस्पताल परिसरमा भेला भई आक्रोश व्यक्त गरेका थिए। शिशुको भने आईसीयूमा उपचार भइरहेको जनाइएको छ। दिउसो अस्पतालमा कार्यरत कर्मचारी माथी तनाव भिड ले आक्रमण समेत गरेका थिए ।
स्थिति तनावपूर्ण बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक मेहेंगी ल्हामु तामाङको कमाण्डमा ३५ जना प्रहरी परिचालन गरिएको थियो। अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका आफन्त र अस्पताल प्रशासनबीच छलफल जारी रहेको बताइएको छ।
  • Jigyasanepal

थप