Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

असार १५ मा धेरै भारी वर्षाको पूर्वानुमान, हावाहुरीको जोखिम पनि – सतर्क रहन मौसम विभागको आग्रह

  •   ३ महिना अघि | १३ असार २०८३, शनिबार

काठमाडौं, असार १३ । जल तथा मौसम विज्ञान विभागले आगामी असार १५ गते (राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन) देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार आगामी तीन दिनमा मनसुनी गतिविधि क्रमशः सक्रिय हुँदै जानेछ। शनिबारको तुलनामा आइतबार वर्षा बढ्ने र सोमबार (असार १५) झन् धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहँदै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। विभागका अनुसार गण्डकी र लुम्बिनीका बाँकी क्षेत्र, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आगामी ३–४ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

वर्षाको वर्गीकरण

१० मिलिमिटरसम्म : हल्का वर्षा

१०–५० मिलिमिटर : मध्यम वर्षा

५०–१०० मिलिमिटर : भारी वर्षा

१००–२०० मिलिमिटर : धेरै भारी वर्षा

२०० मिलिमिटरभन्दा बढी : अति भारी वर्षा

विभागको आग्रह

भारी वर्षा, चट्याङ, हावाहुरी तथा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राखी नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा कमजोर संरचनाको आसपास सावधानी अपनाउन, साथै यात्रा र कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अघि बढ्न विभागले अनुरोध गरेको छ।

  • Jigyasanepal

थप