Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सर्लाहीमा युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी

  •   ३ महिना अघि | २६ असार २०८३, शुक्रबार

सर्लाही। सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको घटना भएको छ। गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गौडेता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र पौडेलले घटना पुष्टि गर्दै घाइतेको अवस्था गम्भीर रहेकाले तत्काल विशेषज्ञ उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार घटनाको कारण भने अहिलेसम्म खुलेको छैन। हाल प्राथमिकता घाइतेको उपचारमा केन्द्रित गरिएको र घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई शीघ्र उपचारका लागि काठमाडौं लैजान स्थानीय प्रशासनले हेलिकोप्टर व्यवस्थापनको पहल गरेको छ। यसका लागि सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहसँग समन्वय गरिएको थियो। सांसद सिंहले उपचारका लागि हेलिकोप्टर पठाउने व्यवस्था भइरहेको जानकारी दिएका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

  • Jigyasanepal

थप