Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौंसहित देशभर वर्षा, पाँच प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

  •   ३ महिना अघि | १७ असार २०८३, बुधबार

काठमाडौं । मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। विशेषगरी पश्चिम नेपालमा वर्षा तुलनात्मक रूपमा बढी भएको छ भने पूर्वी तराईका धेरै स्थानमा अझै पर्याप्त वर्षा हुन सकेको छैन।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पूर्णतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर बदली रहने तथा हिमाली क्षेत्रका केही स्थान र पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ। राति कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन सक्रिय भए पनि वर्षा सबै क्षेत्रमा समान रूपमा नहुने गर्छ। उनका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिम क्षेत्रमा राम्रो वर्षा भइरहेको छ भने पूर्वी तराई अझै अपेक्षाकृत सुक्खा छ।

उनले आगामी केही दिनसम्म पनि यही अवस्था कायम रहने सम्भावना रहेको उल्लेख गर्दै पश्चिम नेपालमा बढी र पूर्वी तराईमा तुलनात्मक रूपमा कम वर्षा हुने संकेत गरेका छन्।

मौसमविद्हरूले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक जलप्रवाह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • Jigyasanepal

थप