Breaking News
मेरो मन खुसीले उफ्रन्छ    ||     आज राति पनि देशभर बदली, यी क्षेत्रमा वर्षाको सम्भावना    ||     मनसुन सक्रिय : आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी    ||     सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||    

एम्नेष्टी इन्टरनेसनल नेपाल समूह–७२ पनौतीको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

  •   १ महिना अघि | १४ असार २०८३, आइतवार

पनौती (काभ्रेपलाञ्चोक), असार १३ । एम्नेष्टी इन्टरनेसनल नेपाल समूह–७२ पनौतीको ३०औँ वार्षिक साधारणसभा शनिबार पनौतीमा सम्पन्न भएको छ।

समूह–७२ का संयोजक अधिवक्ता जमुना पसछेको सभापतित्व तथा एम्नेष्टी इन्टरनेसनल नेपालकी केन्द्रीय सदस्य एलिशा महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका–७ का वडा अध्यक्ष सविन ताम्राकार विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा समूहका निवर्तमान संयोजक राजेश कुमार श्रेष्ठ, संस्थापक संयोजक विजय कर्माचार्य, पुण्य माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रताप ताम्राकार लगायतले वर्तमान सन्दर्भमा मानव अधिकारको आवश्यकता, नागरिक सचेतना र मानव अधिकार शिक्षाको महत्व विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो।

साधारणसभामा समूहका सल्लाहकार, पूर्वसंयोजक, समाजसेवी, बुद्धिजीवी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा समूहका सह–संयोजक सुदर्शन सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव हरिचन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सह–सचिव सन्तोष हुमागाईं तथा सदस्यहरू अधिवक्ता तारा श्रेष्ठ, प्रताप ताम्राकार, विष्णु खिमबन्जार र उर्मिला श्रेष्ठले अतिथि तथा सहभागीहरूको स्वागत एवं व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो।

त्यसैगरी कोषाध्यक्ष रामकुमार बस्नेतले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै समूहको कुल आम्दानी १ लाख ३३ हजार ३ सय १३ रुपैयाँ तथा खर्च २५ हजार ४ सय ८६ रुपैयाँ रहेको जानकारी दिनुभयो। प्रस्तुत आर्थिक प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो। उहाँका अनुसार हाल समूहको खातामा १ लाख रुपैयाँ मौज्दात तथा १ हजार रुपैयाँ बराबरको शेयर लगानी रहेको छ।

कार्यक्रमको समापन गर्दै संयोजक अधिवक्ता जमुना पसछेले समूहले वर्षभरि सञ्चालन गरेका गतिविधि, मानव अधिकार प्रवर्द्धनमा भएका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराउँदै सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।

यस अवसरमा समूह–७२ ले सञ्चालन गरेको मानव अधिकार शिक्षा कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने विद्यालय र विद्यार्थीलाई सम्मान पनि गरिएको थियो। पुण्य माध्यमिक विद्यालय, भालाचन्द्र माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानपत्र र मेडल प्रदान गरिएको कोषाध्यक्ष रामकुमार बस्नेतले जानकारी दिनुभयो।

समूह–७२ ले मानव अधिकार शिक्षा, सामाजिक सचेतना तथा नागरिक अधिकारको संरक्षणमा विगत तीन दशकदेखि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

  • Jigyasanepal

थप