Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल

  •   ३ हप्ता अघि | २९ भदौ २०८३, सोमवार

काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। तीजको अवसरमा व्रतालु महिलाहरू बिहानैदेखि शिव–पार्वतीको पूजा तथा आराधनाका लागि विभिन्न शिवालयमा पुगेका छन्।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विशेषगरी महिलाहरूले आफ्नो मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वासका साथ व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने परम्परा छ।

धार्मिक कथनअनुसार पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्दै निराहार व्रत बसेको दिनका रूपमा तीजलाई लिइन्छ। यही मान्यताका आधारमा व्रतालुहरूले आज निराहार वा फलाहार व्रत बसेर महादेवको पूजा आराधना गर्ने गरेका छन्।

पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको ठूलो भीड लागेको छ।

भक्तजनको सहज दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराउने र भीड व्यवस्थापन गर्ने गरी सुरक्षाकर्मी, कर्मचारी तथा स्वयंसेवक परिचालन गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनले लाममा बसेर बढीमा दुई घण्टाभित्र दर्शन पूरा गरी बाहिरिने व्यवस्था मिलाइएको छ। सामान्य अवस्थामा भने करिब आधा घण्टामै दर्शन गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ।

तीजका कारण पशुपतिनाथसहित काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानका शिवालयहरूमा समेत बिहानैदेखि धार्मिक चहलपहल बढेको छ।

  • Jigyasanepal

थप