Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   २ हप्ता अघि | ७ असोज २०८३, बुधबार

काठमाडौं, असोज ७ । देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले बुधबार पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्नेछ।

महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप सक्रिय हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ।

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपात

बुधबार दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यी दुई प्रदेशमा भारी वर्षा

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

भारी वर्षा हुनसक्ने स्थानमा पहिरो, स्थानीय डुबान तथा यातायातमा असरको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

  • Jigyasanepal

थप