Breaking News
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||    

आकाशलाई फेरि माथि फ्याँकिदिए !

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

✍🏼मन्जुल

एक दिन

आकाश मेरो चियाको कपमा लुक्न आयो

मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ

र  छिटोछिटो चिया पिएँ

तर कप रित्तो भयो र आकाश फेरि उडेर माथि गयो ।

फेरि मैले कपमा चिया भरें

आकाश फेरि कपमा झर्यो

कसैले भन्यो, ‘ए गोजीमा हाल,

लुकाऊ न लूकाउ !’

तर म तेजिलो घामले आफूलाई डढाउन चाहन्नथें

सघन वर्षातले आफूलाई रुझाउन चाहन्नथें

त्यतिका विघ्न ताराहरु पनि मेरा लागि आफ्नै हुन्थे

म ती जम्मैलाई सोहोरेर झोलामा बोक्न सक्दिनथें ।

कसैले भन्यो

‘ए ! आँट गर

आकाशसँग बाँच्नु भनेको ठूलो कुरा हो । ‘

तर मैले आकाशमा बिजुली चम्केको सम्झेँ

वज्र परेको सम्झेँ

एकबारको यो जुनीमा

मलाई यी अनावश्यक खतराहरु मोल्न मन लागेन

एक बट्टा सिग्रेट बोक्न नचाहने मैले

अलिकति ल्वाङ सुकुमेल बोक्न नचाहने मैले

आकाश बोक्ने किन चाह गर्नु ?

मैले भनें, ‘धर्तीलाई घाम र जून चाहिन्छ ।’

त्यसैले,

मैले आकाशलाई फेरि माथि फ्याँकिदिए ।


  • Jigyasa media

थप