Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मेरी प्रेयसीका आँखा घामजस्ता छैनन्

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

कविता:

✍🏼– विलियम सेक्सपीयर  


मेरी प्रेयसीका आँखा

घामजस्ता छँदैछैनन्

न त उनको ओठको लाली

सिपीको जस्तो रातो छ

हिउँलाई सेतो मान्ने हो भने

उनका स्तन त श्यामल छन्

अनि उनको शिरमा सुनका रेशा होइन

काला तार उम्रेका छन्


मैले सेता, राता बुट्टेदार गुलाफहरू देखेको छु

तर त्यस्ता कुनैपनि गुलाफ

आजसम्म उनको गालामा फुलेका छैनन्

कतिपय अत्तरमा

कस्तो मनमोहने सुगन्ध हुन्छ

तर उनको स्वास त ठुस्स गन्हाउँछ


मलाई उनको बोली मनपर्छ

तर मलाई राम्रोसँग थाहा छ

संगीत त यो भन्दा कहाँ हो कहाँ कर्णप्रिय हुन्छ

मैले कहिल्यै कुनै देवीदेउतालाई

बाटोमा हिँडेको देखेको छैन

मेरी प्रेयसी त भूइँमा टेकेर

ठमठम हिँड्छिन्


तर पनि भगवान कसम

मलाई मेरी प्रेयसी अलौकिक लाग्छिन

  उनी जस्ता अरू कोही भन्दा ।

  • Jigyasa media

थप