Breaking News
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||    

कविताको जन्म

  •   ३ महिना अघि | २९ असार २०८३, सोमवार

✍️सन्तोषी पाण्डे 

झरी परेको दिन 

आकाश रोए जस्तो लाग्छ 

अकाशले आफ्नै पीडा

 थोपा-थोपामा धरतीसँग

 बाँडे जस्तो लाग्छ ।


शहर आज धोए जस्तो देखिन्छ

 तर 

मान्छेको मन धूलाम्य छ,

 झरीले सबै सफा गर्न सक्दैन

 केही पीडा आफैँ बोल्नुपर्छ ।


झरी पर्दा यादहरू

 छाताबिनै आउँछन्

 न रोक्न सकिन्छन् न सुकाउन

 बस भिज्न सक्नुपर्छ ।


झरीसँग आज धेरै कुरा भए

शब्दबिनै

शायद सबैभन्दा गहिरो संवाद

मौनतामा हुन्छ,

 आजको झरी मौसम होइन 

यो थाकेको आत्माको आराम हो ।


रोएर पनि मान्छे बलियो हुन सक्छ 

झरीपछि आकाश खुल्छ

 तर

मनले फेरि बादल बोकिरहन्छ

 त्यही बादलले कविता जन्माउँछ ।


000

साभार: चर्चित कविता सङ्ग्रह सुमेरण बाट

  • Jigyasanepal

थप