Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

मृत्यु

  •   २ महिना अघि | ३० साउन २०८३, शनिबार

  ✍️गोपालप्रसाद रिमाल


पानीको छलबलमा

छरिइरहेको घामझैँ

हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा ।

तिनीहरुको चञ्चल छाया

मृत्युको कालो हाँसोजस्तो थियो –

त्यो दृश्य नै यही भन्दथ्यो ।

दुई दिनपछि

घाममा हाँसिरहेका ती फूलहरु

छायामा निदाउरिँदै सुक्दै गए ।


जब कल्पनाको सुनौलो संसार

जूनकीरीसरि अँध्यारोमा

पिलपिलिँदै हराउँदै जान्छ

अनि मृत्यु देखिन्छ – यही देखें ।


एउटा तोते कलिलो बादल

हाम्रो प्यारको अङ्गालोमा हुक्र्यो – 

वसन्तको आगमन फुलेफलेसरि

हाँगोको अङ्गालोमा ।

तर त्यो मर्यो –

हामी मृत्युलाई त प्रेम गर्दैनौँ

जोसित प्यारो कानेखुसी गरी बढ्छौ

संसारदेखि लुकीलुकी ?

  • Jigyasanepal

थप