Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एमाले ११औँ महाधिवेशन : ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका ६ पदाधिकारी निर्विरोध

  •   १० महिना अघि | १ पुस २०८२, मङ्लबार

काठमाडौं।

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी दर्तामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। साथै अनुशासन आयोग र लेखा आयोगका गरी ६ जना पदाधिकारी पनि निर्विरोध चयन भएका छन्।

एमाले महाधिवेशन निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य पदमा एकल उम्मेदवारी परेपछि ती ११ जना निर्विरोध निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशबाट तीन महिला निर्विरोध

एमाले विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जना महिला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। सोहीअनुसार लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल मात्रै उम्मेदवार परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन्।

मधेशी युवा, समावेशी र श्रमिक महिलाबाट पनि निर्विरोध

मधेशी क्लस्टर युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मधेशी युवातर्फ दुई जना निर्वाचित हुने प्रावधान भए पनि एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्।

पिछडिएको क्षेत्र, प्रवास र युवाबाट पनि चयन

पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियातर्फ हरिप्रसाद घिमिरे, ४० वर्षमुनिका केन्द्रीय सदस्य युवातर्फ नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

अनुशासन र लेखा आयोग पनि सर्वसम्मत

एमाले अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ।

एमाले महाधिवेशनमा विभिन्न क्लस्टर, प्रदेश र समावेशी संरचनाबाट नेतृत्व चयन हुँदै जाँदा पार्टीको संगठनात्मक सन्तुलन र समावेशितालाई निरन्तरता दिएको विश्लेषण गरिएको छ।

  • Jigyasanepal

थप