Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

रसुवा बाढीबारे संसदमा विशेष प्रस्ताव पेश हुँदै

  •   १ महिना अघि | १७ भदौ २०८३, बुधबार

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सभामुख डोलप्रसाद अर्यालले बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीसहित नुवाकोट, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्ने प्रस्ताव छ।

विशेष प्रस्तावमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा बेपत्ता नागरिकको खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ। साथै, बाढीबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइनेछ।

पर्यटन क्षेत्रमा परेको असरबारे पनि छलफल

यसैबीच, आज बिहान ९ः३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्दैछ। समितिमा रसुवा बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुनेछ।

त्यस्तै, दिउँसो १२ः१५ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

  • Jigyasanepal

थप