Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, आयोगले जारी गर्यो विस्तृत कार्यतालिका

  •   १० महिना अघि | १९ मंसिर २०८२, शुक्रबार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई तीव्र गति दिएको छ। निर्वाचन अब केवल ८९ दिन मात्र बाँकी रहँदा आयोगदेखि राजनीतिक दलसम्म आन्तरिक समायोजन र रणनीति निर्माणमा सक्रिय छन्।

आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको कार्यक्रम यही मंसिर २१ गते शनिबारदेखि सुरु गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रमअनुसार राजनीतिक दलहरूले बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म आवेदन दिन सक्नेछन्।

समानुपातिकतर्फको प्रमुख समयसीमा

मंसिर २१: राजनीतिक दलद्वारा आवेदन दिने अन्तिम दिन

मंसिर २४: आवेदन गरेका दलहरूको सूची प्रकाशित

पुस १३–१४: समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय

माघ ३०: समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यी सबै चरणलाई कडाइका साथ समयमै सम्पन्न गरिनेछ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम

प्रत्यक्ष तर्फ पनि आयोगले विस्तृत तयारी सुरू गरिसकेको छ।

माघ ६: उम्मेदवार मनोनयन दर्ता तथा प्रारम्भिक सूची प्रकाशन

माघ ७: मनोनयनमाथि उजुरी दिने अन्तिम दिन

माघ ८: उम्मेदवारको नामावली प्रकाशन

माघ ९: नाम फिर्ता दिने समयसीमा, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

राजनीतिक माहोल चुनावमुखी बन्दै जाँदा दलहरू उमेदवार छानोट, गठबन्धन सम्भावना र संगठन समायोजनजस्ता प्रक्रियामा डुबिसकेका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले देशको संघीय राजनीतिलाई फेरि एकपटक नयाँ दिशा दिने निश्चित देखिएको छ। आयोगका अनुसार अहिले तयारी, समन्वय र आवश्यक मापदण्ड कार्यान्वयनका सबै प्रक्रियामा तीव्रता ल्याइएको छ।

  • Jigyasanepal

थप