Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

तीनकुनेमा राजावादी प्रदर्शनः दुई जनाको निधन तोडफोड, आगजनी र अश्रुग्यास

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं – तीनकुने क्षेत्रमा शुक्रबार बिहान ११ बजेबाट राजावादी प्रदर्शनको चहलपहल सुरु भयो। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चार तहको सुरक्षा घेरा निर्माण गरेको थियो।

हाल सम्म एक पत्रकार सहित दुई जनाको निधन भइसकेको छ ।

एकाएक कोटेश्वरतर्फबाट आएको ठूलो समूह प्रहरीले खडा गरेको घेरातर्फ अगाडि बढ्यो। प्रदर्शनकारीहरूले ट्राफिक कोनलगायतका सामग्री तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो।


स्थिति केही सामान्य बन्न लाग्दा ‘संयुक्त जनआन्दोलन समिति’का दुर्गा प्रसाईंले प्रदर्शनस्थलमा प्रवेश गरे। उनले प्रहरीको सुरक्षा घेरा तोड्दै प्रदर्शनलाई थप उग्र बनाए। बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले उनको सवारी रोकेको थियो, तर केही बेरपछि गाडी जबरजस्ती अघि बढाइएको थियो।


प्रदर्शनका क्रममा दुई जनाले ज्यान गुमाएका छन् भने सरकारले सेना परिचालन गरेको छ। तीनकुनेमा प्रदर्शनकारीहरूले तीनवटा निजी घर तोडफोड गर्नुका साथै जडीबुटी प्रशोधन केन्द्रमा आठवटा सवारीसाधनमा आगजनी गरेका छन्।

राजसंस्थाको पुनर्स्थापनाका लागि गरिएको यो प्रदर्शनमा दुर्गा प्रसाईंको आह्वानमा विभिन्न समूहहरू, जसमध्ये ‘संयुक्त जनआन्दोलन समिति’, राप्रपा, राप्रपा नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए।


  • Jigyasa media

थप