Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

थाइल्यान्डमा ओली र मोदीको भेटवार्ता आज, सगरमाथा संवादका लागि निमन्त्रणा पुग्ने

  •   १ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

काठमाडौं, चैत २२ – थाइल्यान्डको राजधानी बैंककमा जारी बिमस्टेक सम्मेलनका अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेट नेपाली समय अनुसार दिउँसो ४ बजे हुने भएको हो।

बङ्गाल खाडीको प्रयास (BIMSTEC) अन्तर्गतको छैठौं शिखर सम्मेलनको अवसरमा हुने यो साइडलाइन भेटवार्ता विशेष चासोको विषय बनेको छ।

परराष्ट्र मन्त्रालयका एक उच्च स्रोतका अनुसार, “भारतीय प्रधानमन्त्री मोदीको तालिकामा डेढदेखि तीन घण्टासम्मको खाली समय छ। यही समयमा नेपाल पक्षले भेटको समन्वय गरेको हो। यद्यपि, समय छोटो भएकाले विस्तृत छलफलको अपेक्षा गरिएको छैन।”

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विशेष पहलमा यो भेट संभव भएको हो। मन्त्री राणा केही समयअघि नयाँ दिल्लीमा आयोजित राइसिना संवादमा सहभागी हुँदा भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई ‘सगरमाथा संवाद’ कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएकी थिइन्।

सगरमाथा संवादमा मोदीलाई निमन्त्रणा

नेपाल सरकारले जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रममा मोदीलाई प्रमुख अतिथि बन्न औपचारिक निमन्त्रणा पठाइसकेको छ। यद्यपि, मोदी आउने नआउने विषयमा भारतीय पक्षबाट औपचारिक पुष्टि भने भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आजको भेटमा पनि सगरमाथा संवादमा भाग लिन अनुरोध गर्ने तयारी ओलीले गरेका छन्।

पछिल्लो पटक न्युयोर्कमा भेट

ओली र मोदीबीच यसअघि असोज ६ गते न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा भेटवार्ता भएको थियो। त्यो बेला पनि परराष्ट्रमन्त्री राणाकै पहलमा दुई नेता नजिकिएका थिए।

अन्य भेटवार्ता पनि तय

बिमस्टेक सम्मेलनकै सिलसिलामा पूर्वप्रधानमन्त्री ओलीले बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग पनि साइडलाइन बैठक गर्ने कार्यक्रम तय भएको छ।


  • Jigyasa media

थप