Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छुः अध्यक्ष ओली

एकीकृत समाजवादीका नेतालाई ओलीको आह्वान: चौतारी खोज्न नजानुस्, आफैँले बनाएकै पार्टीमा आउनुस्

  •   १२ महिना अघि | २९ असोज २०८२, बुधबार

२९ असाेज, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गर्नुभएकाे छ । बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गर्नुभएका हाे ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उहाँले भन्नुभयाे ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

एकीकृत समाजवादीका नेतालाई ओलीको आह्वान: चौतारी खोज्न नजानुस्, आफैँले बनाएकै पार्टीमा आउनुस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गरेका छन्। 

बुधबारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।  

उनले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले जानु परेको भए पनि अब फर्किने बेला भएको बताए। सबै मिलेर नेकपा एमाले पार्टी निर्माण गरेको भन्दै अध्यक्ष ओलीले पार्टी निर्माणमा गरेको योगदान स्मरण गरेर मूल घरमा फर्किन आग्रह गरे।

उनले माधव नेपालको नाम नलिई एमाले छोडेर गएका सबैलाई फर्किन आह्वान पनि गरेका छन्। 

यस्तो ओलीको भनाइ 

म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो घर छोडेर अन्यत्र जानुभएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हिजो उहाँहरू समेत भएर पनि हामीले यो पाटी निर्माण गरेका हौँ। उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ। विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस्।

आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन्। म कार्यकर्ता साथीलाई भन्न चाहन्छु, तपाईं आफैँले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्दै नजानुस्। कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजानुस्। यो मजबुत भएको छ, यसलाई कसैले पनि डग्मगाउन सक्दैन। अहिले पनि साढे ६ लाख सदस्य भएको पार्टी हो। २३ वटा महासंघ भएको पार्टी हो।

नेकपा एमाले पार्टीको ११औं महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरे । चालु केन्द्रीय कमिटिको बैठकले उक्त प्रस्तावलाई छलफल गरेर निर्णय गर्ने छ।

  • Jigyasanepal

थप