Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

प्रतिनिधिसभाबाट पाँच अध्यादेश पारित, विपक्षीको विरोध अस्वीकार

  •   १ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

काठमाडौं – प्रतिनिधिसभाले बुधबार बसेको बैठकमा सरकारद्वारा जारी गरिएको छ मध्ये पाँच अध्यादेश पारित गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले 'सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सभाले बहुमतबाट पारित गर्‍यो। यसअघि, सांसद चन्दा कार्कीले १२ सांसदको तर्फबाट अस्वीकारको सूचना दर्ता गराए पनि सो प्रस्ताव सभाले अस्वीकृत गर्‍यो।

मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेश आवश्यक रहेको बताउँदै प्रतिपक्षलाई अनावश्यक विरोध नगर्न आग्रह गरे। सहकारी पीडितहरूको भावना सम्बोधन गर्दै कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश ल्याइएको उनले प्रष्ट्याए।

यसैगरी, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश पनि बहुमतले पारित गरियो। अर्थमन्त्री विष्णु पौडेलले यी अध्यादेश पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

बैठकमा सांसद माधव सापकोटाले निजीकरण अध्यादेश तथा सांसद रणेन्द्र बरालीले आर्थिक वातावरण सुधार अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना पेश गरे पनि ती प्रस्ताव अस्वीकृत भए।


  • Jigyasa media

थप