Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अब ठूलो आन्दोलन हुँदैन, वर्षा लागिसक्यो – अध्यक्ष लिङ्देन

  •   १ वर्ष अघि | २४ जेष्ठ २०८२, शनिबार

जेठ २४, शनिबार | बनियानी – झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मौसमसँग राजनीतिक आन्दोलनको तालमेल मिलाउँदै यस्तो अभिव्यक्ति दिएका छन्: "वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन हुँदैन।"

शनिबार झापाको हल्दिबारीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लिङ्देनले आफूहरूले गरिरहेको आन्दोलन केवल राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको लागि मात्र नभई सुशासन, स्थायित्व र समृद्धिका लागि पनि हो भन्ने प्रस्ट पारे।

🗣️ "नेतृत्वको फेरबदल अब अपरिहार्य छ"

"तीन दशकदेखि देश सीमित नेताहरूको घेराभित्रै सीमित छ," लिङ्देनले भने, "नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ। जुनसुकै व्यवस्था आए पनि त्यसको सही कार्यान्वयन नभएको यथार्थ हो।"

उनले संविधानको कतिपय प्रावधानप्रति असहमति जनाए पनि केही पक्ष सकारात्मक रहेको टिप्पणी गरे। राप्रपाको आन्दोलन आफू अनुकूल समय र उपयुक्त वातावरण पर्खिरहेको पनि उनले संकेत गरे।

  • वर्षा लागेकाले तत्काल ठूलो आन्दोलन नहुने
  • आन्दोलन केवल राजसंस्थाको पक्षमा मात्र होइन, सुशासन र विकासको निम्ति
  • तीन दशकदेखि सीमित नेताहरूले देशमा 'एकाधिकार शैली'मा शासन
  • संविधानका केही अंश अस्वीकार्य भए पनि केही पक्ष स्वीकार्य
  • Jigyasanepal

थप