Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

रुपन्देही–३ उपनिर्वाचन : असोज २१ मा उम्मेदवारको मनोनयन, कात्तिक १७ मा मतदान

  •   १ वर्ष अघि | ४ साउन २०८२, आइतवार

काठमाडौँ, साउन ४ ।

रुपन्देही–३ मा प्रतिनिधिसभाको रिक्त सिट पूर्ति गर्न निर्वाचन आयोगले उपनिर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। स्व. सांसद दीपक बोहराको निधनपछि रिक्त बनेको यस क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने निश्चित भएको हो।

निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ ५ देखि ७ बजेसम्म मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।

उजुरी दर्ता र जाँचबुझको प्रक्रिया पनि त्यसपछि तुरुन्तै अघि बढ्नेछ। असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने सोही दिनदेखि असोज २३ गते साँझ ५ बजेसम्म उजुरीको छिनोफानो हुनेछ।

नाम फिर्ता लिन असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म समय दिइनेछ, र त्यही दिन अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक हुनेछ। मतदान चिन्ह पनि सोही दिन दिउँसो ३ देखि साँझ ६ बजेसम्म प्रदान गरिने छ।

निर्वाचन आयोगका अनुसार मतदान कार्य कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मात्र मतगणना प्रारम्भ गरिने छ।

उम्मेदवारीमा कानुनी सीमा

यो उपनिर्वाचनमा २०७९ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने प्रावधान छ।

प्रचार–प्रसारमा निषेध

मतदान अघि शान्त वातावरण कायम गर्न निर्वाचन आयोगले कात्तिक १४ गते राति १२:०० बजेदेखि प्रचार–प्रसारमा पूर्णरूपमा निषेध लगाउने जनाएको छ।

राप्रपाको सिटमा प्रतिस्पर्धा चासोको विषय

स्व. दीपक बोहराको निधनपछि रिक्त बनेको यो सिटमा कुन दलले उम्मेदवार खडा गर्ने र कुन दलको पकड बलियो बन्ने भन्ने विषय अहिलेको प्रमुख राजनीतिक चासो बनेको छ।

निर्वाचनको यो मिति घोषणासँगै रुपन्देही–३ मा राजनीतिक सरगर्मी तीव्र हुने संकेत देखिएको छ।

  • Jigyasanepal

थप