Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

राष्ट्रिय युवा संघ नेपाल काभ्रेमा चरम विवाद:

अध्यक्षकै उपस्थितिमा निर्णय नभएको बैठकपछि बर्खास्तीको सर्कुलर !

  •   १ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

काभ्रे ।— राष्ट्रिय युवा संघ नेपाल काभ्रे, पनौती नगर कमिटीमा नेतृत्व परिवर्तनका नाममा चरम विवाद चुलिएको छ। नगर अध्यक्ष स्वयम् उपस्थित रहेको बैठकमा कुनै निर्णय नभए पनि सर्कुलरमार्फत उनलाई बर्खास्त गरिएको भन्दै विरोधहरु विभिन्न रूपमा आइरहेका छन्।

विरोध स्वरूप मधु लामा र सचिव सुमन अधिकारी द्वारा जारी विज्ञप्ति बाट


विज्ञप्तिमा भनिएको छ । नगर अध्यक्ष स्वयम् उपस्थित भएको बैठकमा निर्णय नै नभए /छलफल समेत नभएको र सर्कुलर आउदा अध्यक्ष नै बर्खास्त गरेको कुरा विधि विपरीत छ ।
जिल्ला कमिटी बैठकमा कसैको पनि उपस्थिति नगराइएको र माइन्युट सम्म नलेखिएको हुदा जिल्ला अध्यक्षले विधि विपरीत माथिको आदेश भन्दै सर्कुलर पठाएको विषयमा जिल्ला कमिटी सदस्यहरुले समेत विराेध जनाएका छन । राष्ट्रिय युवा संघ नेपाल, पनौती नगर कमिटीमा आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। हालै सम्पन्न सातौं पूर्ण बैठकमा नगर अध्यक्ष स्वयम् उपस्थित रहे पनि कुनै निर्णय नभएको दाबी गर्दै अध्यक्ष मधु लामाले विधि विपरीत बर्खास्तीको सर्कुलर आएको बताएका छन्।

लामाले जारी गरेको विज्ञप्तिमा बैठकमा कुनै ठोस निर्णय नभएको र सामान्य छलफल मात्र भएको स्पष्ट पारेका छन्। संगठनको विधानअनुसार कार्यसमितिमा परिवर्तनको एजेण्डा नै प्रस्तुत नभएको उनले जनाएका छन्। यता अध्यक्ष ईश्वर वल्लभ सापकोटाले जारी गरिएको विज्ञप्तिमा सर्कुलर भनेर फागुन १७ मा एक विज्ञप्ति जारी गर्दै संयोजक र सचिव समेत तोकेर सर्कुलर जारी गरिएको छ । मधु लामाको भनाइमा फुट गुट भन्दा सहमति , सहकार्य , सहअस्तित्वको कुरालाई बहस मार्फत टुंग्याउनु पर्ने सुझाएका छन् ।

हेर्नुहोस् जिल्ला कमिटी अध्यक्ष ईश्ववल्लभ सापकोटा द्वारा जारी विज्ञप्ति ।


यता बैठकपछि उनले संगठन केन्द्रको तोकिएको प्रक्रिया अनुरूप चैत्र २० सम्म पनौती नगर अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेका थिए। तर केही दिनमै निर्णय नभएका कुराहरू आधिकारिक सर्कुलरका रूपमा आएको देख्दा नेतृत्व तहमा चरम मनोमानी र हस्तक्षेप देखिएको आरोप उनले लगाए।

केन्द्रको महाधिवेशन नजिकिँदै गर्दा एकलौटी रूपमा संगठनलाई नियन्त्रण गर्ने नियत प्रस्ट र संगठन लाई बन्धक बनाई कब्जा गर्ने हेतुले जिल्ला कमिटीका अध्यक्षले विधि विपरीत माथिको आदेश भन्दै सर्कुलर पठाएको बताउँदै लामाले यस्तो कार्य संगठनको हितमा नहुने चेतावनी दिएका छन्। युवा संघभित्रको यो विवादले संगठनभित्रको आन्तरिक कलह उजागर गरेको छ।

यस्तो सतही राजनीतिक स्वरूपले युवा संघ को भावी दिशा के हुने चासो र चिन्ता थपेको जनाउँदै सामाजिक सञ्जालहरुमा विरोध र मूल राजनीतिक नेतृत्वको समेत आलोचना भइरहेको छ । उनीहरू भन्छन् - के  संगठनभित्रको यो असहमति समाधान हुनेछ, वा युवा संघभित्र थप फुट ल्याउनेछ? यस विषयमा पार्टी नेतृत्वको ध्यान जाने कि नजाने, त्यसले आगामी दिनमा संगठनको दिशा निर्धारण गर्नेछ नैं। युवाहरू बीच फाटो ल्याएर अर्को तेश्रो पक्ष हावी हुने संकेत वा अनेक राजनीतिक दाउपेजमा युवा संघ फस्दैछ संघ भित्रका केही युवाहरुले नैं प्रतिप्रश्न गरिरहेका छन् । 


  • Jigyasa media

थप