Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आर्थिक सुधारदेखि सैनिक पदावधीसम्म: मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

सिंहदरबारको बैठकमा दर्जनौँ महत्त्वपूर्ण प्रस्ताव पारित

  •   १ वर्ष अघि | ८ जेष्ठ २०८२, बिहिबार

काठमाडौं, जेठ ८ – जेठ ६ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक सुधारदेखि प्रशासनिक व्यवस्थासम्मका दर्जनौँ महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। बिहीबार मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पृथ्वीसुब्बा गुरुङले ती निर्णयहरूको जानकारी दिएका हुन्।

बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार तयार गरिएको ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२’ लाई स्वीकृति दिएको छ। प्रवक्ता गुरुङका अनुसार यो योजनाले देशको आर्थिक पुनःउत्थान र दीर्घकालीन स्थायित्वका लागि मार्गनिर्देशकको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बागमती सभ्यता एकीकृत विकास समिति सम्बन्धी पाँचौं संशोधन आदेश २०८२ पनि बैठकले स्वीकृत गरेको छ।
सैनिक पक्षमा, नेपाली सेनाको मेडिकल उपसमूह अन्तर्गतका एकजना महासेनानीको पदावधी थप गर्ने निर्णय समेत गरिएको छ।

कर्णाली प्रदेशलाई जग्गा हस्तान्तरण
मन्त्रिपरिषदले सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। उक्त जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रशासकीय भवन निर्माणमा प्रयोग गरिनेछ।

उद्योगमन्त्रीको चिन भ्रमण स्वीकृत
बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागिता जनाउन स्वीकृति दिएको छ। मन्त्री भण्डारी जेठ ११ देखि १९ गतेसम्म चीन भ्रमणमा रहने छन्।

  • Jigyasanepal

थप